स्पेनको समुद्रमा पिसाब फेर्नेलाई एक लाख जरिवाना!

स्पेनको समुद्रमा पिसाब फेर्नेलाई एक लाख जरिवाना!

काठमाडौं। स्पेनको समुद्रमा पिसाब फेर्नेले ६४५ पाउन्ड अर्थात् झन्डै एक लाख रुपैयाँसम्मको जरिवाना तिर्नुपर्ने भएको छ।

स्पेनको गालिसिया क्षेत्रको शहर भिगोका कानुन निर्माताहरुले समुद्रमा शौच गर्ने व्यक्तिलाई जरिवाना तिराउने नियम बनाएका हुन्।

समुद्रमा पिसा फेर्ने र त्यसवरपर शौच गर्ने कार्य स्वस्थ वातावरण विथोल्ने कार्य भएको र यो सरसरफाइको नियमविरुद्धमा भएको जनाइएको छ।

Europass CV in Nepal

यसरी समुद्रमा फोहोर हुन नदिन त्यहाँका अधिकारीहरुले समुद्रको छेउछाउमा दर्जनौं शौचालय राख्ने पनि निर्णय गरेका छन्।

नयाँ नियमअनुसार समुद्र बाहिर निस्केर सडकमा हिँड्दा महिलाले बिकिनी लगाउन पाउनेछैनन् भने पुरुषहरुले पनि माथिल्लो शरीरमा कपडा लगाउनुपर्छ।

यस्तै बार्किक्यु गरेर किनारमा फोहोर गर्नेलाई पनि फाइन हुनेछ।

 

Europass CV in Nepal