वास्तविक किसानले नपाउने भएपछि कृषिको अनुदान हटाइयो : अर्थमन्त्री शर्मा

वास्तविक किसानले नपाउने भएपछि कृषिको अनुदान हटाइयो : अर्थमन्त्री शर्मा

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले वास्तविक किसानले नपाउने भएपछि कृषिको अनुदान हटाएको बताउनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग भएको एक छलफलमा मन्त्री शर्माले वास्तविक किसानले नपाउने भएपछि आउँदो आर्थिक वर्ष ०७९÷८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएको बताउनुभएको हो ।

तर किसानलाई प्रोत्साहन गर्ने नीति भने सरकारले लिएको उहाँको भनाइ छ । साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको उहाँले बताउनुभयो । मन्त्री शर्माले आर्थिक वर्ष ०७९–८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यकता आँैल्याउनुभयो ।

किसानको उत्पादन बजारसम्म सहजै पु¥याउनका लागि कृषि एम्बुलेन्सको सुरुवात गरेको उहाँको भनाइ छ । वार्षिक साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि मन्त्री शर्माको भनाइ छ ।