क्रिक्रेट रंगशाला निर्माणको काम चार महिनादेखि ठप्प छ, सहयोग गरिदिन धुर्मुसको अनुरोध

क्रिक्रेट रंगशाला निर्माणको काम चार महिनादेखि ठप्प छ, सहयोग गरिदिन धुर्मुसको अनुरोध

चितवन, कात्तिक ३० । चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गरिरहेका सीताराम कट्टेल (धुर्मुस)ले सरकारसँग सहयोगको माग गर्नुभएको छ । चार महिनादेखि निर्माण कार्य ठप्प रहेको भन्दै उहाँले तीन तहका सरकारले अभिभाकत्व लिइदिन अनुरोध गर्नुभएको हो ।

निर्माणाधीन स्थलबाट भिडियो सन्देश दिँदै उहाँले अहिले १७ करोड ऋण रहेको र निर्माण कार्य अघि बढाउन नसकेको स्वीकार गर्नुभएको छ । रंगशाला निर्माण सुरु गर्दा पाएको प्रतिवद्धता र आश्वासन अहिले हराउँदै गएकाले चरम आर्थिक संकटमा परेको उहाँको भनाइ छ ।

अझैपनि सरकारले सहयोग गर्ने हो भने ६ महिनादेखि १ वर्षभित्रमा रंगशाला निर्माण सकेर हस्तान्तरण गर्ने उहाँको दावी छ । अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण सम्पन्न भए देशकै गहना हुने भएपनि पछिल्लो समय पर्याप्त सहयोग नपाएको उहाँले गुनासो गर्नुभयो ।

Europass CV in Nepal

निर्माण कार्यमा परियोजनाले कुनै अनियमितता नगरेको भन्दै असार मसान्तसम्मको लेखापरीक्षण भइसकेको र केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने बताउनु भएको छ ।

Europass CV in Nepal