अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको भारतमा पनि शाखा बिस्तार

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको भारतमा पनि शाखा बिस्तार

वैदेशिक रोजगारीको सिलसिलामा प्रदेशमा रहेका रोल्पालीहरुकाे छातासंगठन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजकाे भारत पन्जाबमा पनि शाखा विस्तार संगै कार्यसमिति चयन गरिएको छ।

राेल्पाबाट विदेशी विभिन्न मुलुकमा रहेका रोल्पालीहरूलाई गोलबन्द गराउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएकाे उक्त समाजले भारत पन्जाबमा पदाधिकारी सहित शाखा विस्तार गरेको छ। केन्द्रीय कार्यालयकाे रुपमा राेल्पा सदरमुकाम स्थित लिबाङ र शाखाकाे रुपमा दाङमा स्थापना गरिएकाे र नेपाल बाहिर साउदी अरेबिया, युएई,कतार ,मलेसिया, जापान, बहराइन, कुबेत,मौरिसिजमा भइसकेको अन्य अस्ट्रेलिया र युरोपमा पनि शाखा बिस्तार गर्ने समाजका केन्द्रीय प्रवक्ता शेरबहादुर डाँगीले बताए

प्रताप नगर 4d वाल्मीकि धरमशाला हलमा जेष्ठ नागरिक भिम बहादुर वली ज्युको अध्यक्षता,भारतमा ब्यब्साय गर्दै आउनुभएकी समाजसेबी ब्याक्तित्व सुनिता घर्ती ज्युको प्रमुख आतिथ्यता,बिशिस्ट लोकेन्द्र वली अथिति ज्यु उपस्थिति र भारतमा बस्ने थुप्रै रोल्पालीहरुको भेला र कार्यक्रम सम्म्पन गरि अपाङ्ग दिल प्रसाद घर्ती ज्युको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन र ३ जना सल्लाहकार समिती गठन गरेको छ जसमा कार्यक्रम सन्चालन लोकेन्द्र राना ज्युले गर्नुभएको थियो।

नवबिर्वाचित कार्यसमिति अध्यक्षमा अपाङ्ग दिल प्रसाद घर्ती,बरिष्ठ उपाध्यक्षमा रबिलाल घर्ती,उपाध्यक्षमा जग बहादुर मरमथानी,उपाध्यक्षमा लोकेन्द्र राना,महासचिवमा नर बहादुर मरमथानी,सचिवमा ओम प्रसाद केसी सहसचिवमा निम बहादुर बिसी,कोषाध्यक्षमा कमल डागी,प्रवक्तामा वीर प्रसाद घर्ति,सह प्रबक्तामा प्रशुराम थापा,सास्कृतिक संयोजक लोकेन्द्र वली,सदस्यहरु खुम बहादुर बस्नेत,कमला वली,भिम कुमारी घर्ती, तिकाराम वली,,मनिराम बिक,खुम बहादुर सुनार,दिपक मराथानी
अमृत सुनार,कमल बाठा,जित बहादुर बिक चयन भएका र सल्लाहकार समितिमा प्रमुख सल्लाहकारमा कमल राज खत्री सल्लाहकारमा सुनिता घर्ति र सल्लाहकारमा भिम बहादुर वली चयन भएको सस्थाका केन्द्रिय प्रवक्ता शेर बहादुर डागीले बताएका छ्न।

उद्धारका लागि भारत शाखाबात साउदीमा समस्यामा रहेका तिकाराम घर्ती उद्दार अभियानमा २ लाख भन्दा माथी सहयोग केन्द्रिय सचिवालय सद्स्य तथा तिकाराम घर्ती अभियान सम्योजक दिलाराम वली ज्युलाई पथाइसकेको र यस ‘टिकाराम घर्ति अभियानलाई सहयोग गर्ने सबैलाई सस्थाका भारतका सम्योजक अपाङ दिल प्रसाद घर्ती मगर ज्युले धन्यवाद दिएका छ्न अब रोल्पा र रोल्पालीहरुको लागि भारत संस्थाले नया गति लिँदै सस्था खोल्न अनुमती दिएकोमा सिङगो अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय तिमलाई विशेष धन्यवाद दिदै यो अबसर पाउँदा ज्यादै खुसी लागेको अपाङ दिल्ली मगर ज्युले बताएका छ्न।

कार्यक्रमका विशिष्ट अतिथि लोकेन्द्र वली ज्युले यसरी भारतमा पनि रोल्पाली सेवा समाज गठन गर्न पाउनु सस्थामा आबद्ध हुन पाउनु अत्यन्तै गर्भ महसुस गरेको छु आफुले यश क्षेत्रमा कृयाशिल भएर रोल्पा र रोल्पाली हरुको लागि सदैब सक्ने सहयोग गर्ने बताउनु भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुनिता घर्ती ज्युले आफुले यो कार्यक्रमको प्रमुख अथिती हुन पाउँदा खुसीले गर्भ गरेको छ म विभिन्न सस्था र ब्यबसाय गरिरहेको मान्छे फेरि पनि आफ्नो जिल्लाको सस्थामा आवद्ध भएर अझ सस्थालाई अगादी लैजाने यश आहियानमा आवद्ध हुन भारतमा बस्नुहुने सम्पूर्ण रोल्पालीको सहयोगमा हातेमालो गर्न संस्थालाई आग्रह समेत गर्नुभयो।

अन्त्यमा केन्द्रिय प्रवक्ता शेर बहादुर डागी ज्युले भारतमा शाखा बिस्तार गरेकोमा भारत शाखाका अध्यक्ष अपाङ दिल प्रसाद घर्ती मगर ज्युको सम्पुर्ण तिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै विशेष गरि भारत शाखा बिस्तार गर्न सहयोग गर्ने सस्थाका केन्द्रिय सचिवालय सद्स्य तथा समाजसेबी दिलाराम वली ज्युलाई विशेष धन्यवाद दिदै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज आवद्ध सम्पूर्ण केन्द्रिय अध्यक्ष सन्दिप थापा ज्यु लगायतको टिम र विभिन्न शाखा टिम परिवारलाई विशेष धन्यवाद तथा आभार व्यक्त गर्दै सम्पूर्ण विश्वभरि छरिएर रहेका रोल्पालीहरुलाई सबैको साझा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजमा संस्थामा आबद्ध हुन समेत समाजका केन्द्रिय प्रवक्ता डाँगीले अपिल गरेका छन।