मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

स्पोर्टस् बाइक हुँ, चार सयको स्पीडमा दौडन्छु : मन्त्री चौधरी

Himali Patrika 1 मिनेट पढाइ

नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् ।

‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ । उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘हाम्रो स्टार्टिङ प्वाइन्ट जिरोबाट सुरु हुँदैन ।

यसअघिका मन्त्रीले गरेका काम ८० प्रतिशत कम्प्लिट भएका छन् भने बाँकी रहेका कामबाटै म काम सुरु गर्छु र १०० मा पुर्‍याउँछु’, मन्त्री चौधरीको भनाइ छ । उनले आफू मन्त्रीको पदमा रहेसम्म योग्यता, क्षमता, दृष्टिकोणले भ्याएसम्म इमानदार भएर काम गर्ने भन्दै कुर्सीको दुरुपयोग नगर्ने बताए ।

‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।