फिलिपिन्सका राष्ट्रपतिको शपथग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका राष्ट्रपतिको शपथग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस‍्को सपथग्रहण समारोहमा नेपाली काँग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा काँग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् ।

चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत एक्लो व्यक्ति हुन् । उनी नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथग्रहण समारोहमा चौधरी धर्मपत्नीसहित सहभागी थिए ।

नवनियुक्त राष्ट्रपतिलाई बधाई दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र सुमधुर बन्ने विश्वास व्यक्त गरे । मार्कोस फिलिपिन्सका १७औं राष्ट्रपति हुन् । मार्कोस काँग्रेस नेता चौधरीका साथी हुन् ।

Europass CV in Nepal

 

Europass CV in Nepal