महन्थ ठाकुरलाई केपी ओलीको प्रस्ताव, ‘गठबन्धन गरेर चुनावमा जाऔैं’

महन्थ ठाकुरलाई केपी ओलीको प्रस्ताव, ‘गठबन्धन गरेर चुनावमा जाऔैं’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर सङ्घीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।

काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन ।

‘ओलीजीले बोलाएर आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्धृत गर्दै एक नेताले भने । उनका अनुसार सो विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन् ।

लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रीय समितिलाई पूर्णता दिने, सङ्गठन सुदृढीकरण देखी आगामी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रीय कार्यकारिणी बैठक जारी छ ।