भाइबर साइमनले पाए ‘नेपहपको श्रीपेच’को उपाधि

भाइबर साइमनले पाए ‘नेपहपको श्रीपेच’को उपाधि

काठमाडौं । हिपहप र्‍याप गायन सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । सोल्टी क्राउन प्लाजामा भएको अन्तिम प्रतिस्पर्धामा चार जनालाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् ।

उपाधिका लागि काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ, पोखराका जेनिश क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि बिजेता भाइबरले १० लाख रुपैयाँ नगदसहित रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

Europass CV in Nepal

दोस्रो भएका जेनिशले पाँच लाख रुपैयाँ नगद र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

 

Europass CV in Nepal