मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भाइबर साइमनले पाए ‘नेपहपको श्रीपेच’को उपाधि

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । हिपहप र्‍याप गायन सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । सोल्टी क्राउन प्लाजामा भएको अन्तिम प्रतिस्पर्धामा चार जनालाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् ।

उपाधिका लागि काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ, पोखराका जेनिश क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि बिजेता भाइबरले १० लाख रुपैयाँ नगदसहित रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

दोस्रो भएका जेनिशले पाँच लाख रुपैयाँ नगद र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।