मकै बेच्ने दम्पतीलाई कारवाही गर्न प्रहरीमा महानगरको निवेदन

मकै बेच्ने दम्पतीलाई कारवाही गर्न प्रहरीमा महानगरको निवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीमाथि कारवाही गर्न नेपाल प्रहरीमा आइतबार निवेदन दिएको छ ।

फुटपाथ अतिक्रमण गरेको भन्दै नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारवाही गर्न महानगरी प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाले जनाएको छ ।

मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोपछि सामाजिक सञ्जालमा महानगरपालिकाको आलोचना भएको छ । कतिपयले महानगरको कदमको स्वागत पनि गरेका छन् ।

Europass CV in Nepal

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा आचार्य दम्पतीले प्रहरीमाथि गरेको दुव्र्यवहारलाई वयान गर्दै सञ्चारमाध्यममा दिएका अभिव्यक्ति नै उद्धरण गरेर पत्र लेख्दै प्रहरीलाई कारवाही अघि बढाउन अनुरोध गरिएको बताए ।

‘प्रहरीलाई अगुल्टोले हानेको, चिम्टाले घोचेको लगायतका कुरा उहाँहरुले नै मिडियामा भन्नुभएको छ,’ उनले भने,’त्यही कुरा लेखेर आवश्यक कारवाही गर्न निवेदन दिएका छौं, एउटा राष्ट्र सेवकले यस्तो अवस्थामा सकडमा गएर कसरी काम गर्नसक्छ ?’

चेतेन्द्र र सीता दम्पतीले भने नगर प्रहरीले घुस मागेको आरोप लगाएका छन् । घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पतीले पनि स्वीकारेका छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर अभद्र व्यवहार वा अन्य फौजदारी अभियोगको मुद्दा चलाउन सक्ने देखिएको छ ।

फुटपाथमा बेच्नेहरुमाथि दैनिक कारवाही गरिरहेको भन्दै सपकोटाले यस्तो कारबाही निरन्तर भइरहने पनि बताए । ‘हाम्रो जिम्मेवारी नै सहरी सुव्यवस्था कायम गर्ने हो, हामी निरन्तर बजारमा फुटपाथ अतिक्रमण हटाउन काम गर्छौं’ उनले भने,’नियममा जे छ, हामीले त्यसलाई कार्यान्वयन गराउने हो ।’

नगर प्रहरीका सब इन्स्पेक्टर -सई) राजन श्रेष्ठमाथि दम्पतीले ५ हजार रुपैयाँ घुस मागेको भनेर लगाएको आरोपबारे भने महानगरपालिका भने नरम छ ।

‘अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारी आफैं छु । सोधपुछपछि स्पष्टिकरण लिएर अनुसन्धानपछि महानगरले आवश्यक परे मात्रै कारबाही गर्छ, मैले अनुसन्धान गरेर महानगरको नेतृत्वलाई बुझाउने हो, बाँकी उहाँहरुले गर्नुहुन्छ,’ सापकोटाले आइतबार विहान अनलाइनखबरसँग भनेका थिए ।

Europass CV in Nepal