मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

काठमाडौंमा पाइला टेकेको ५ मिनेटमै बज्रपात पर्यो भारतीय परिवारलाई

Himali Patrika 1 मिनेट पढाइ

भारतबाट नेपाल घुम्न आएको एक परिवारमाथि काठमाडौं टेकेको पाँच मिनेटमै ठूलो बज्रपात भएको छ। महाराष्ट्रको नागपुर, काम्पीबाट वीरगन्ज हुँदै नेपाल प्रवेश गरेको सात जनाको परिवार आइतबार दिउँसो साढे ११ बजे काठमाडौंको बल्खु आइपुगेको थियो।

वीरगन्जबाट टाटा सुमो चढेर काठमाडौं आएका उनीहरू बल्खुमा ओर्लेको पाँच मिनेटमै दुर्घटनामा परे। परिवारका दुई जना सदस्य ३२ वर्षीया योगिता बन्सुर र उनका पाँच वर्षीय छोरा आयुषलाई बा१३च ६४१९ नम्बरको भ्यानले ठक्कर दियो।

दुवैलाई नजिकै बयोधा अस्पताल लगियो। उपचार क्रममा आयुषको मृत्यु भयो। योगिताको बायाँ खुट्टामा चोट लागेको छ। उनी आइसियूमा उपचाररत छिन्।

उनीहरू भारतको बोधगयासहित नेपालको लुम्बिनी र काठमाडौं घुम्न बुधबार महाराष्ट्रबाट निस्केका थिए। ‘हामी बहिनी-ज्वाइँ, फूपु-भिनाजु र मेरो परिवारमा छोरासहित सात जना बोधगया, बुद्धको जन्मस्थल लुम्बिनी र काठमाडौं घुम्न आएका थियौं,’ योगिताका ३५ वर्षीय श्रीमान आश्विन बन्सुरले सेतोपाटीसँग भने, ‘हामी पहिलोपटक घरबाट यति टाढाको यात्रामा निस्केका थियौं।’

महाराष्ट्रबाट उनीहरू पहिला बोधगया गए। त्यहाँबाट रक्सौल हुँदै नेपाल छिरे। उनीहरूले आइतबार बिहानै वीरगन्जबाट काठमाडौं आउने सुमो चढेका थिए। सुमोले बल्खुको तरकारी बजार जाने बाटोनिर झारिदिएको थियो। काठमाडौं ओर्लेपछि सबभन्दा पहिला होटल खोज्ने उनीहरूको योजना थियो।

‘हामीले गाडीबाट सामान झिक्यौं र हिँड्न थाल्यौं,’ आश्विनले भने, ‘योगिताले बाबु बोकेकी थिइन्। गाडीबाट केही पाइला अगाडि बढ्नेबित्तिकै एउटा भ्यान आएर ठक्कर दियो। दुवै आमाछोरा लडे। बाबुलाई गाडीले माथिबाटै किच्यो।’

ओरालो बाटोमा आइरहेको भ्यानले ब्रेक लगाउँदा लगाउँदै पनि नियन्त्रण गर्न नसकेको उनले बताए। आश्विनले रगताम्मे छोरालाई भुइँबाट उठाएर सोधखोज गर्दै बयोधा अस्पतालको आकस्मिक कक्ष पुर्‍याए। उनको पछि पछि ज्वाइँ र भिनाजुले घाइते योगितालाई पनि अस्पताल लगे।

उपचार क्रममा दिउँसै आयुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। ‘भ्यान चालक २२ वर्षीय सुवास खतिवडालाई पक्राउ गरिएको छ,’ उनले भने।

आश्विनका अनुसार उनका बुबा बुद्धभक्त थिए। बुबाको भक्ति देख्दै हुर्केकाले आफूमा पनि बुद्धप्रति आस्था जागेको उनी बताउँछन्। ‘बुबाका कारण हाम्रो परिवारमा बुद्धप्रति आस्था थियो,’ उनले भने, ‘त्यसैले बोधगयादेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म एकैचोटि दर्शन गर्ने भनेर हामी हिँडेका थियौं।’

आइतबार र सोमबार काठमाडौं घुमेर लुम्बिनी जाने योजनामा रहेका आश्विन र उनको परिवार सबै जना यति बेला बयोधा अस्पतालमा छन्। उनीहरूका झोला र सुटकेससमेत अस्पतालको आकस्मिक कक्षबाहिर छरपस्ट देखिन्छन्।

सेतोपाटीसँगको कुराकानी क्रममा आश्विनले केही अगाडि मात्र खिचेको आयुषको जन्मदिनको तस्बिर देखाए। तस्बिरमा उनीहरू सँगै बसेर केक काट्दै गरेका देखिन्थे।

‘अस्ति भर्खर छोराको जन्मदिन मनाएका थियौं,’ उनले भने, ‘केक पनि काटेका थियौं। आयुष एकदमै रमाएको थियो। आज यस्तो भयो।’

आश्विन र योगिताको बिहे गरेको १६ वर्ष भयो। उनीहरूको एक छोरी छन् जो आयुषकी दिदी हुन्।

आश्विनका अनुसार आयुष साइकल चलाउन धेरै मन पराउँथे। मोबाइलमा कार्टुन पनि उत्तिकै हेर्थे।

‘मोबाइल एकदमै राम्ररी चलाउँथ्यो। एदेखि जेडसम्म सर्रर भन्थ्यो,’ उनले छोरा सम्झँदै भने, ‘उसलाई युकेजीमा भर्ना गरेर हामी नेपाल घुम्न आएका थियौं।’

नेपालबाट फर्केपछि छोरालाई स्कुल पठाउने आश्विनको सपना सपनामै सीमित भएको छ। सेतोपाटीबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।