बालेनमाथि खनिइन् करिश्मा, भन्छिन्ः पोलेको मकै र चटपटे तारे होटलमा गएर बेच्नुपर्ने हो?

बालेनमाथि खनिइन् करिश्मा, भन्छिन्ः पोलेको मकै र चटपटे तारे होटलमा गएर बेच्नुपर्ने हो?

काठमाडौं। हालै काठमाडौं महानगरपालिकाले हैजा संक्रमणबाट जोगिनका लागि भन्दै एउटा निर्णय गरेको थियो। मेयर बालेन शाहले सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्ने कार्य रोकिँदा हैजा केही हदसम्म नियन्त्रण गर्न सकिने बताएका थिए।

त्यसक्रममा महानगर प्रहरीले सडकमा मकै बेच्न बसेका दम्पतीलाई लछारपछार गरे। त्यसयता सडकका पसले तथा स्ट्रिट फुड बेच्ने मानिसहरु डराएका छन्। यसक्रममा बालेन शाहसँगै सिंगो महानगर आलोचिन बनिरहेको छ। गरिबले गरेर खान नपाउने भन्दै प्रश्न गर्न थालिएको छ।

स्ट्रिटफुडबारे बहस पेचिलो बन्दै जाँदा नेपालकी चर्चित अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धरले पनि यो विषयमा धारणा राखेकी छिन्। उनले स्ट्रिट फुड र सडकमा सामान बेच्न चलन हरेक मुलुकमा हुने बताउँदै व्यवस्थापनतर्फ लाग्ने कि प्रतिबन्धतर्फ लाग्ने भन्दै प्रश्न गरेकी छन्।

Europass CV in Nepal

Europass CV in Nepal