मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

हिन्दु देवीको अपमान हुनेगरि कालीले चुरोट पिएको पोस्टर सार्वजनिक भएपछि भारतमा तरंग

Himali Patrika 1 मिनेट पढाइ

सत्तारूढ भारतीय जनता पार्टीकी पूर्वप्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदबारे गरेको विवादास्पद टिप्पणीको बहस सेलाउन नपाउँदै भारतमा फेरि अर्को धार्मिक विषयले तरंग ल्याएको छ।

यसपालि हिन्दुहरूले एक फिल्म निर्माताले आफ्ना देवी देउताको अपमान गरेको भन्दै आक्रोश जनाइरहेका छन्। एनडिटिभीका अनुसार तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने लीना मनिमेकाले गत शनिबार आफ्नो ट्विटरमा एउटा डकुमेन्ट्रीको पोस्टर सार्वजनिक गरेकी थिइन्।

उक्त पोस्टरमा हिन्दुकी देवी कालीको पहिरन र आकृतिमा रहेकी महिलाले चुरोट पिइरहेकी छन्। पोष्टरमा एलजिबिटी समुदायको प्रतीकका मान्यता पाएको प्राइड फ्लयाग पनि देखाइएको छ। मनिकेकालाईको यो डकुमेन्ट्री ‘रिदम्स अफ क्यानडा’ मा प्रदर्शन गर्न बनाइएको हो।

उक्त पोस्टर सार्वजनिक भएसँगै भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले एरेस्ट लीना मनिमेकालाई ह्यासट्याग चलाइरहेका छन् भने दिल्ली प्रहरी र गृह मन्त्रालयमा उनीविरूद्ध छुट्टाछुट्टै उजुरी परेका छन्।

सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले पनि यो पोस्टरले हिन्दुहरूको भावनामा चोट पुर्‍याएको भन्दै विरोध गरेका छन्। ओटावास्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडा सरकार र आयोजकसँग डकुमेन्ट्री पोस्टरलगायतका सामग्री हटाउन माग गरेको छ। सामाजिक सञ्जालमा आफूमाथि आक्रमण हुन थालेपछि लीना मनिमेकालाईले भने आफूले कुनै गल्ती नगरेको उल्लेख गर्दै कसैसँग पनि नडराउने बताएकी छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।