१२ घण्टाको फरकमा अमेरिकी सहायक विदेशमन्त्री र उपसहायक विदेशमन्त्री नेपाल आउँदै

१२ घण्टाको फरकमा अमेरिकी सहायक विदेशमन्त्री र उपसहायक विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपछि अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि नेपाल भ्रमणमा आउनुहुने भएकाे छ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार बेलुकी नेपाल ओर्लनुहुनेछ । त्यसको १२ घण्टापछि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ पनि बिहीबार नेपाल आइपुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

नेपाली अधिकारीहरु र नागरिक समाजका उदयमान अगुवाहरूसँग भेटघाट गर्नका लागि उहाँहरुको नेपाल आगमन हुन लागेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले निकालेको बिज्ञप्ति निकालेर जानकारी दिएकाे छ।

Europass CV in Nepal

त्यस्तै कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीलाई उहाँहरुले सम्बोधन गर्ने बिज्ञप्तिमा जनाइएको छ ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्न लाग्दा उहाँहरुको नेपाल भ्रमण हुन लागेको हो ।

यता परराष्ट्रमन्त्रालयले भने एमसीसीबारे छलफल गर्न उहाँहरुको नेपाल भ्रमण हुने जनाएको छ । यसअघि एमसीसी उपाध्यक्ष फतेमा सुमारले पनि नेपालको भ्रमण गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्रीले प्रधानमन्त्री देउवासहित सरकारका मन्त्रीहरु र दलका प्रमुख नेताहरुसँग भेटघाट तथा छलफल गर्ने बताइएको छ । सन २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौता कार्यन्वयन नहुँदा अमेरिकाले असन्तुष्टि जनाइरहेको छ ।

Europass CV in Nepal