झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर बाहिरिए

झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर बाहिरिए

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ ।

राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उनले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको प्रतिक्रिया दिए ।

त्यसपछि उनी गाडीतिर अगाडि बढे । गाडीमा बढ्दाबढ्दै झन्डाको खोल ननिकाल्न सहयोगीलाई आग्रह गरे । मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर त्यही गाडीमा बाहिरिए ।

Europass CV in Nepal

उनी संसद् भवन प्रवेश गर्नुअघि प्रहरीले स्कर्टिङ गरेर लगेका थिए भने बाहिरिँदा पनि त्यही गाडीले नै स्कर्टिङ गरेको थियो ।

 

Europass CV in Nepal