दलाल पुँजीवादको अराजक साँढे रत्नपार्कमा ढाल्नुपर्छ : विप्लव

दलाल पुँजीवादको अराजक साँढे रत्नपार्कमा ढाल्नुपर्छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताएका छन् । बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए ।

‘नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ । उनले त्यो साँढे नेपाली जनताले चिनेको पनि बताएका छन् । ‘यो साँढेलाई तपाई हामीले चिनेका पनि हौ, देखेका पनि हौ र खबरदारी गरेका पनि हौ । यो आइराखेको अराजक साढे छ यसले नेपाली जनतालाई लुट्नेछ’, विप्लवको भनाई छ । उनले दलाल पुँजीवादको साँढेले नेपाली जनतालाई निल्ने र नेपाललाई बेच्नेछ भनेर आफुहरुले पहिल्यै भन्दै आएकोमा अहिले आएर पुष्टि भएको बताए ।

उनले दलाल पुँजीवादको साँढेलाई नत्थी लाएर रत्नपार्कमा पल्टाउने काम अबको पुस्ताको जिम्मेवारी रहेको भन्दै अहिले चलिरहेको लडाईमा नहिच्किचाईं मेहनत गर्नुपर्ने बताए । नेता विप्लवले आफ्नो पार्टीले रोल्पालाई काठमाडौंसँग जोड्ने एकीकृत जनक्रान्तिको कार्यदिशा बनाएको पनि बताए ।

Europass CV in Nepal

उनले काठमाडौ र रोल्पामा मात्रै लड्ने कुरा नगरेर आफुले देशका सबै क्षेत्र र वर्गलाई एकीकृत गरेर जनक्रान्ति सफल हुने भएकाले ३ करोड नेपालीका लागि आवश्यक रहेको बताए । त्यसो गरे मात्रै नेपाललाई परिवर्तन गर्न सकिने बताए । त्यसका लागि युवाहरुको विशेष योगदान हुनुपर्ने बताए ।

उनले समाजवादीहरुले देश बेचेर खान लाग्दा पनि कसैलाई चिन्ता नरहेको भन्दै वीआइसीसीको हलबाट नेपाल बेच्ने कागजमा सही गरेको आरोप लगाए । उनले एमसीसी प्रकरणबारे अमेरिकालाई समेत आफुले चिठी लेखेको भन्दै उनले देश बेचुवाका विरुद्ध जनताले अनुमति दिए जुनसुकै लडाईं लड्न तयार रहेको बताए ।

‘देश बेच्न पाइँदैन, नेपाली जनतालाई थिच्न पाइँदैन । हामी कसैका गुलाम बन्न जन्मेका होइनौ, यो कुरा हामीले चोक चोकमा भन्नुपर्छ’ विप्लवको भनाइ छ । उनले कतिपयले आफुहरुलाई संसदवादी भन्ने गरेको भन्दै त्यसो भन्नेहरु कायर, डर छेरुवा रहेको बताए ।

 

Europass CV in Nepal