मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

श्रीलंकाले माग्यो पुटिनसँग सहयोग

Himali Patrika 1 मिनेट पढाइ

कोलम्बो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोगको आग्रह गरेको छ ।

राष्ट्रपति गोटाबाय राजपाक्षले आफ्नो देशमा इन्धन आयात गर्नका लागि सहयोग गरिदिन राष्ट्रपति पुटिनलाई अनुरोध गरेको बताएका हुन् । राष्ट्रपति राजपाक्षले पुटिनसँगको कुराकानी निकै फलदायी भएको बताएका छन् ।

श्रीलंकाका ऊर्जामन्त्रीले देशमा रहेको पेट्रोलियम पदार्थको मौज्दात लगभग सकिएको बताएको केही दिनपछि राष्ट्रपति राजपाक्षले रुसी राष्ट्रपति पुटिनलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

राजपाक्षले पुटिनसँगको वार्तामा श्रीलंकालाई इन्धन आयातका लागि उधारो लिन योग्य रहेको उल्लेख गरी पत्र दिनका लागि आग्रह गरेको बताए । ‘दुई देशबीचको मित्रवत् सम्बन्ध थप बलियो बनाउन पर्यटन, व्यापार र संस्कृतिलगायतमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन हामी सहमत भएका छौं,’ राजपाक्षले ट्वीटरमा लेखेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।