मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन डब्लूटीओ०को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो ।

चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञले बताउँदै आएका थिए । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा एक सय २० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाइ सम्पत्ति चीनको रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिकापछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बिचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । जनसंख्याको दृष्टिकोणले विश्वमै पहिलो रहेको चीनलाई क्षेत्रफलका हिसाबले चौथो ठूलो देशका रुपमा लिइन्छ ।

म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा र मेक्सिको र बेलायतलाई समावेश गरिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।