काठमाडौं। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय नेता नरेश रेग्मीले यम बुद्धको शालिक बनाउने काठमाडौं महानगरका मेयर बालेन शाहको निर्णयलाई विरोध गरेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत भन्छन् , ` प्रिय मेयर बालेन ज्यु,
यमबुद्धको नाममा शालिक होइन बरु `मनोचिकित्सा केन्द्र´ खोल्दा राम्रो हुन्छ जहाँ युवाहरुले आत्महत्याको विरुद्धमा लड्न मनोवैज्ञानिक परामर्श पाउन्।
तपाईंले आफ्नो गुरु यमबुद्धलाई जसरी पनि सम्मान गर्न खोज्नु भएकै हो भने वहाँको नाममा काठमाडौ महानगरले ‘लागू औषध पुनर्स्थापना केन्द्र’ खोल्दा राम्रो हुन्छ जहाँ युवाहरुले लागू औषध विरुद्धको जनचेतना पाउन्।
त्यसो गर्दा अलि बढी नकारात्मक हुन्छ भने यमबुद्धको नाममा एउटा `हिपहप एन्ड र्याप म्युजिक इन्स्टिच्युट´ खोले भयो । त्यसो गर्दा युवाहरुलाई आधुनिक गीत-संगीततिर आकर्षण बढ्न सक्ने छ । शालिक बनाउनु भन्दा यस प्रकारका सम्मानहरु बढी उत्पादक एवं परिणाममुखी हुन्छन् ।
आत्महत्या गर्नु अघि नमोबुद्ध एक अत्यन्त सम्भावना बोकेका र्याप गायक थिए भन्नेमा कुनै दुइमत छैन तर जिन्दगी जिउन सिकाउनु पर्ने आसलाग्दो कलाकारले नै आत्महत्या गरिसके पछि समाज र युवाहरुले उनीबाट सिक्नै पर्ने कुरा कम छन।
तनाव झेल्न नसकेर लागू औषधको बाटो रोज्ने र समस्या झेल्न नसकेर आत्महत्या गर्ने कलाकारहरुको शालिकले युवा पुस्तालाई कुनै प्रेरणा दिन्न । ´