मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

धरानमा शुक्रवार स्वजातिय पोसाक लगाउने निर्णय कार्यान्वयनमा, हर्क साम्पाङ दौरा सुरुवालमा देखिए

Himali Patrika 1 मिनेट पढाइ

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) नेपाली पोसाकमा कार्यालयमा उपस्थित भएका छन् । असार २१ गते बसेको कार्यपालिकाले रहेका शुक्रवार विद्यालयमा स्वजातिय मौलिक पोसाक लगाउने निर्णय गरेको थियो ।

विद्यालयमा स्वजाति पोसाक लगाउने निर्णय गरेका मेयर आफू पनि नेपाली पोसाक लगाउने घोषणा गरेका थिए । सोही अनुरूप उनले शुक्रवार दौरा सुरुवाल लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले तस्बिर सँगै लेखेका छन् “आज पहिलो शुक्रवार ! मैले मेरो प्रतिबद्धता बिर्सन मिल्दैन !”

यस्तै गरी उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै मेयरको गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’ मेयर साम्पाङ सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक सक्रिय छन् । उनी समय समयमा विभिन्न कुराहरू पोस्ट गरिरहेका हुन्छन् । पछिल्लो समय उनी फेसबुकमा गरेको पोस्टका कारण आलोचित समेत हुने गरेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।