बालेनलाई डिलाको प्रश्न : सडकमा सानो व्यापार गर्नेलाई डन्डा अनि निर्जिव सालिकमा पैसा ?

बालेनलाई डिलाको प्रश्न : सडकमा सानो व्यापार गर्नेलाई डन्डा अनि निर्जिव सालिकमा पैसा ?

काठमाडौं ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौला पन्तले र्‍याप गायक यम बुद्धको सालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्णयको आलोचना गरेकी छन्।

सुरुमा महानगरको बजेटबाट १५ लाख छुट्टयाएका मेयर शाहले चौतर्फी आलोचनापछि आफ्नै तलबबाट सालिक निर्माण गर्ने घोषणा गरेका थिए। यो घोषणालाई अपरिपक्व भन्दै आलोचना भइरहेका बेला डिलाले फेसबुकमार्फत जनताको पसिनाबाट जम्मा भएको पैसाले सालिक बनायनु राज्यकोषको दुरुपयोग भएको जिकिर गरेकी हुन्।

‘ब्यक्तिका नाममा सालिक, पार्क, गेट स्मृति र प्रतिष्ठानका लागि जनताको पसिनाबाट जम्मा भएको राज्यकोष दुरुपयोग गरिनु ठिक होइन। फेरि आफ्नै तलबबाट बनाउँछु भन्नु पनि उचित देख्दिनँ,’ उनले भनेकी छन्।

उनले सालिक बनाउने पैसा पैसा गरीब, असहायको आय आर्जनमा जोड्न सुझाएकी छन्।

उनले केही अघि मकै पोल्ने दम्पतीलाई महानगरका प्रहरीले गरेको लछार पछार घटना सम्झिदै प्रश्न गरेकी छन्, ‘सडकमा सानो ब्यापार गर्नेलाइ डन्डा, अनि निर्जिव सालिक निर्माणमा पैसा? यो कस्तो नीति ?’