मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई महानगरले तिरायो २५ हजार जरिवाना

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिकाले रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई जरिवाना तिराएको छ। प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको मेयर बालेन शाहले जानकारी दिएका छन्। उनले फेसबुक मार्फत जानकारी ‍दिएका हुन्।

‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडिओ र फोटोको चर्चा भइरहेको छ,’ शाहले लेखेका छन्, ‘सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं।’

शाहले कुनै पनि अवाञ्छित कार्यहरू कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरूरी भएको बताएका छन्। शाहले त्यस्ता कार्यहरू सार्वजनिक गरेर महानगरसम्म पुर्‍याइदिएकोमा धन्यवाद प्रकट गरेका छन्। उनले आगामी दिनहरूमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।