मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

बालकोटमा ४ घन्टादेखि चिनियाँ टोली, खाना खाएर फेरि वार्ता

Himali Patrika 1 मिनेट पढाइ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा वार्ता जारी छ।

बिहान १० बजे ओली निवास बालकोट पुगेका चिनियाँ नेताहरुको टोलीसँगको वार्ता अहिले पनि जारी छ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार खाना खाएर पुनः वार्ता जारी छ। चिनियाँ नेताहरुसँग वार्ताका लागि ओलीसँगै एमाले नेताहरू उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन्।

त्यस्तै विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि सहभागी छन्। उक्त वार्तामा उषाकिरण भण्डारी, अञ्जान शाक्य र कृसा केसी पनि सहभागी रहेको बालकोट स्रोतले जनाएको छ।

आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।