मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

Himali Patrika 1 मिनेट पढाइ

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमण जाने भएका छन् ।

सत्तारुढ दल भारती जनता पार्टीको निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनको औपचारिक कार्यक्रमका बारेमा भने कुनै जानकारी दिइएको छैन ।तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।