मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

विदेशी प्रेमिकासँग अभिनेता रेमनदास श्रेष्ठले कसे लगनगाँठो

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । अभिनेता एवं टेलिभिजन पर्सनालिटी समेत रहेका रेमनदास श्रेष्ठले विदेशी प्रेमिकासँग परम्पराअनुसार विवाह गरेका छन् । बिहीबार काठमाडौंको एक रेस्टुरेन्टमा उनले प्रेमिका जेना मुड्रासँग विवाह गरेका हुन् ।

हिन्दू परम्पराअनुसार भएको बिहेमा जेना दुलही पहिरनमा देखिएकी छन् । उनको विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी छन् । रेमन र जेना सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

रेमनले जाइरा, द ब्र्रेकअप, जालो, आधा लभ, मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् । चर्चित टीभी रियालिटी शो हिमालय रोडिजका उनी होस्ट समेत हुन् । शनिबार चितवनको कुरिनटारमा रिसेप्सन पार्टी आयोजना गरिएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।