मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिउँ : प्रेम सुवाल

Himali Patrika 1 मिनेट पढाइ

३० असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । २० वर्षपछि कृत्रिम नागरिकता दिँदा समेत नेपलाी भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्ने उनको आग्रह छ ।

‘वैवाहिक अंगीकृत नागरिकता अधिकार होइन कृत्रिम सुविधा हो । सुविधा पाउन शर्त पुरा गर्नुपर्छ’ उनले थपे, ‘२० बर्षपछि कृत्रिम नागरिकताका लागि नेपाली भाषा जानेको हुनुपर्ने सहित परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्छ ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।