मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

संघीयता खारेज गर्नु भनेको निरंकुश राजतन्त्रतिर जानु हो : दाहाल

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । प्रदेश र स्थानीय तहलाई कसरी कमजोर पार्ने भन्ने विषयमा केही नेता लागिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले संघीयता खारेज गरेर राजतन्त्र ल्याउन खोज्नेहरूले त्यस्तो प्रयास गरिरहेको बताएका हुन् ।

बिहीबार नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा सम्बोधन गर्दै दाहालले परिवर्तनलाई उल्ट्याएर पुरानै निरंकुश शासन व्यवस्था ल्याउनका लागि त्यस्ता प्रयास भइरहेको बताएका हुन् । ‘केही नेताहरू खुलेआम संघीयता खारेज गर्नुपर्छ भनिरहेका छन् । त्यहाँ जाने भनेको निरंकुश राजतन्त्रतिर नै हो । अधिकार तल दिने वातावरण बनाउनुपर्छ । तर ती ऐन रोक्ने काम भइरहेको छ,’ उनले भने ।

त्यस्तै, दाहालले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिबीच एकता हुने सम्भावना रहेको बताए । उनले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्ट एक हुनुको विकल्प नरहेको बताए । ‘नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिस्ट नै हुन् सबै कम्युनिस्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भनेर हिजो निकै ठूलो जोखिम र त्याग गरेर आफूले कम्युनिस्ट एकता गराएकै हो,’ उनले भने, ‘अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।