यस कारण विमान भित्र चुरोट झुक्केर पनि खानु हुँदैन

यस कारण विमान भित्र चुरोट झुक्केर पनि खानु हुँदैन

विमानस्थल कार्यालयका प्रवक्ता सिटौलाका अनुसार विमानमा कुनै पनि प्रज्वलनशील बस्तुले ठूलो जोखिम निम्त्याउन सक्छ।

“विमानमा तारहरूको ठूलो सन्जाल हुने र तिनमा विद्युत् प्रवाह भइरहने कारण सानो आगोको झिल्काले पनि यसलाई खतरा पुर्‍याउन सक्छ।

“हजारौँ फिट माथि उड्ने त्यसमाथि धेरै तेल बोकेर उड्ने विमानमा आगलागी भयो भने के हुन्छ हामी कल्पना पनि गर्न सक्दैनौँ,” उनले भने।

Europass CV in Nepal

विमानमा हावा आवतजावत कम हुने भएका कारण चुरोटको धुवाँले अरूको स्वास्थ्यमा असर गर्ने जोखिम पनि खुला स्थानमा भन्दा बढी हुने जानकारहरू बताउँछन्। बुद्ध एअरका सूचना अधिकारी कर्णले अत्यधिक मादक पदार्थ सेवन गरेर पनि हवाई यात्रा गर्न नपाइने बताए। तर विमानस्थलको सुरक्षा जाँचमा मादक पदार्थ वा नशालु पदार्थ सेवन गरे वा नगरेको जाँच गर्ने गरेको पाइँदैन।

उडिरहेको विमानमा चुरोट सल्काएको भनेर बुधवार पक्राउ परेका एक युवालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र कसुर ठहर भएमा जरिवाना हुनसक्ने पनि कैलाली प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन्। काठमाण्डूबाट धनगढीका लागि उडेको विमानमा चुरोट खाइरहेको पाइएपछि विमान चालक दलका सदस्यले उनलाई रोकेका थिए। विमान धनगढीमा अवतरण गरेपछि उनलाई प्रहरीको जिम्मा लगाइयो।

उनको साथमा एउटा चुरोट र लाइटर भेटिएको बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए। नेपालमा यस्ता घटना निकै दुर्लभ हुने गरेको विमान सञ्चालक र विमानस्थल कार्यालयका अधिकारीहरू बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणले ती व्यक्ति कसरी लाइटर बोकेरै विमानसम्म पुगे भन्नेबारे अनुसन्धान गरिने जनाएको छ। पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्ने आन्तरिक हवाई यात्रुलाई पनि सुरक्षा जाँचका क्रममा पेटी, घडी र जुत्ता समेत फुकाल्न लगाइने गरिएको छ।

तर यति कडा सुरक्षा जाँचबाट कसरी ती व्यक्तिले लाइटर र चुरोट लिएर गए भन्ने प्रश्नमा त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने-“अन्तिम सुरक्षा जाँच हुँदा राम्रोसँग हेरिन्छ। तर यहाँ सुरक्षाकर्मीको तर्फबाट पनि केही कमजोरी भएको हो की भन्ने अनुमान गरिएको छ।”