मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चीनले फेरि भारतको भूमि मिचेर आफ्नो संरचना बनायो

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । चीनले अरुणाचल प्रदेश नजिकैको सीमा क्षेत्रमा ठूला–ठूला भवनहरूको नयाँ संरचना बनाएको भारतले दाबी गरेको छ । स्याटलाइटबाट हेर्दा भारत र चीनको सीमा क्षेत्र नजिकै चीनले ६० वटा घर भएको एउटा नयाँ एन्क्लेभ बनाएको देखिएको भारतीय सञ्चार माध्यम एनडीटीभी ले दाबी गरेको छ । सन् २०१९ को स्याटलाइट तस्बिरमा खाली देखिएको ठाउँमा अहिले चीनले ६० वटा ठूला–ठूला घर बनाएको देखिएको खबरमा उल्लेख छ ।

गएको वर्ष पनि एनडीटीभीले सीमा क्षेत्रमा गरेको अध्ययनलाई अमेरिकाको पेन्टागनले पुष्टि गरेपछि भारतले चीनको कदमको निन्दा गरेको थियो । अहिले चीनले बनाएको संरचना वास्तविक नियन्त्रण रेखा एलएसी बाट ६ किलोमिटर भारततर्फ पर्ने खबरमा उल्लेख छ ।

पेन्टागनको वार्षिक प्रतिवेदनमा चीनले यस क्षेत्रमा सेनाको चौकी पनि बनाएको उल्लेख गरिएको भारतीय सञ्चार माध्यम आजतक जे जनाएको छ ।

भारत र चीनबीच एलएसी मा तनाव कम भइसकेको छैन । दुई देशका सेनाबीच गएको वर्षको मे ५ मा तनाव सुरु भएको थियो । दुई देशबीच विभिन्न चरणका वार्ता भइसकेको छ र केही क्षेत्रबाट दुवै देशका सेना पछि हट्ने सहमति भइसकेको छ । यद्यपि एलएसीमा दुवै देशका सेना तैनाथ छन् ।

यस विषयमा भारतीय सेनाले अध्ययन गर्ने जनाएको छ । चीनले भने भारतीय भूमि या विवादित क्षेत्रमा कुनै पनि संरचना नबनाएको दाबी गर्दै आएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।