प्रेमीसँग हिँडेकी युवतीमाथि सामूहिक बलात्कार

प्रेमीसँग हिँडेकी युवतीमाथि सामूहिक बलात्कार

कञ्चनपुर ।  कञ्चनपुरको पुनर्वास नगरपालिका–८ की युवती र पुनर्वास–९ ‘ख’ गाउँका २० वर्षीय सुशील विष्ट प्रेम सम्बन्धमा थिए । एक/डेढ महिनाअघि मात्रै चिनजान भएका उनीहरूले असार २३ गते भागी बिहे गर्ने योजना बनाए । त्यहीअनुसार विष्ट युवतीलाई लिन घरनजिकै पुगे । युवती तयार भएर आएपछि दुवै पुनर्वास–५ सिमरीमा पुगे ।

‘उखुबारीमा विष्टले यौनसम्पर्क राख्दा अन्य तीन जना पनि आएछन्,’ कञ्चनपुर प्रहरीका डीएसपी चक्रबहादुर शाहले भने, ‘त्यसपछि उनीहरूले विष्ट र युवतीलाई धम्काएर पालैपालो बलात्कार गरे ।’ विष्टले युवती लैजाँदै गरेको देखेपछि उनीहरूले पिछा गरेको प्रहरीको भनाइ छ । सिमरी युवतीको घरभन्दा करिब ४ किलोमिटर टाढा पर्छ ।

दुवैको भिडियो खिचेको भन्दै उनीहरूले यौनसम्पर्क गर्न नदिए सार्वजनिक गरिदिने बताए । जबर्जस्ती गरेपछि तीनै जनाले विष्ट र युवतीलाई घटना बाहिर आए भिडियो सार्वजनिक गर्ने र कुटपिट गर्ने धम्की दिए । उनीहरू भागेपछि विष्टले युवतीलाई मोटरसाइकलमा राखेर घरसम्म पुर्‍याइदिए । त्यसपछि युवती बिरामी परिन् । खाना नखाने र रक्तस्राव हुने समस्या देखियो ।

Europass CV in Nepal

दुई/तीन दिनसम्म खाना नखाने र काम गर्न नसक्ने भएपछि परिवारले उनलाई झारफुकदेखि अस्पतालसमेत पुर्‍याए । तर निको भएन । रक्तस्राव भइरहेको देखेपछि युवतीकी दिदीले सोधपुछ गर्दा सामूहिक बलात्कार भएको कुरा बाहिर आएको हो ।

घटनाबारे शुक्रबार पीडित युवतीले इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जाहेरी दिइन् । जाहेरी दिएकै दिन प्रहरीले उनका प्रेमीसहित २२ वर्षीय खेमप्रसाद जैसी, १९ वर्षीय लक्ष्मण सुनार र पृथ्वी भाट क्षत्रीलाई पक्राउ गरेको छ ।