मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दार्चुलाका दुई गाउँमा जनगणना गर्न भारतीय पक्षले बाटो प्रयोग गर्न अनुमति दिएन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । भारतीय बाटो प्रयोग गर्ने अनुमति नपाउँदा दार्चुलाका दुई दुर्गम गाउँमा जनगणना गर्न कठिनाइ भएको छ । दार्चुलाका दुर्गममा गाँउमा पुग्नको लागि सदरमुकामबाटै भारतको बाटो प्रयोग गर्नुपर्छ। हाल सम्म पनि सो बाटो प्रयोग गर्न नपाउँदा जनगणनामा कठिनाइ भएको हो ।

व्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्ग्रु र तिन्कर गाउँ करिब १२ किलोमिटर दूरीमा रहेका यी दुई गाँउ ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा रहेको छ । यी दुवै गाँउका मानिसहरु हिउँद लागेपछि ती दुवै गाउँमा बस्दैनन् ।

प्रत्येक वर्ष तिहार मनाइसकेर त्यहाँका गाउँलेहरू ओरालो लाग्छन्। बस्तुभाउ, भाँडाकुँडासहित भारतको बाटो हुँदै दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा पुग्छन्। छ महिना जाडो छलेर मध्य वैशाखमा पुनः गाउँ फर्किन्छन्।

यस वर्ष भने छाङ्ग्रु र तिन्करका बासिन्दाले अझै सदरमुकामतिरको यात्रा थालेका छैनन्। किनकि वडाअध्यक्ष अशोक सिंह बोहराले भनेका छन्ः ूजनगणनाका लागि मान्छे आउँछन्। त्यो सकेर मात्र झर्नू।ू

तर यस दुर्गम ठाउँमा सडकको पहुँच नभएकै कारण गणकहरू पुग्न सकेका छैनन्। आफ्नै देशको एउटा कुनाबाट अर्कोमा पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यताका कारण जनगणनाजस्तो महत्त्वपूर्ण कार्य प्रभावित भएको छ ।

‘पैदल हिँड्ने गोरेटो बिग्रिएको छ । उक्त गाँउमा जानको लागि भारतको बाटो हिँड्नुको अर्को कुने विकल्प नभएकोले जनगणना नै प्रभावित भएको छ । गणनाका लागि गणकहरूले भारतीय बाटो हिँड्ने अनुमति पाएका छैनन्, धेरै ढिला भयो भने गाउँलेहरू सपरिवार बसाइँ सर्न थाल्छन्,’ व्यास गाउँपालिका १ का वडाअध्यक्षले भने।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार सरकारी कामका लागि सो बाटो प्रयोग गर्न भारतीय पक्षसँग अनुमति लिने गरिन्छ । अनुमति स्वीकृत भएको खण्डमा तोकिएको सङ्ख्याअनुरूप मानिसलाई प्रवेश पत्र दिइन्छ।

जोशीका अनुसार जनगणनाका लागि गत कार्तिक २५ गते एकजना गणक पठाउनेगरी पिथौरागढ जिल्ला अधिकारीसँग अनुमति मागिएको थियो।

‘एक साता बित्दा पनि उताबाट जबाफ आएन। हामीले पुनः मङ्सिर एक गते दुईजना कर्मचारीका लागि पास माग्यौँ। जबाफ त आयो तर अनुमति पाएनौँ’, जोशीले भनिन् । भारतले सडक अवरुद्ध भएको जनाउँदै तत्काल अनुमति दिन नसक्ने बताएको हो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।