मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

घरैपिच्छे डुलेर फोटो पोस्ट गरेर महानगरलाई कहीँ पुर्‍याउँदैन: केशव स्थापित

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वालेन साहलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न सुझाव दिएका छन्।

केही दिनअघि आफ्नो निवासमा पुगेका मेयर साहलाई उनले आफ्नो फाटो खिचेर केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन समेत भनेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन। घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन।

उनले काठमाडौंले यस्तो मान्छे खोजेको होइन भन्दै घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो। यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।