घोराही सिमेन्ट उद्योगले खानि र उद्योग क्षेत्रका जनताका लागि सेयर छुट्टाउने

घोराही सिमेन्ट उद्योगले खानि र उद्योग क्षेत्रका जनताका लागि सेयर छुट्टाउने

दाङ। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चुनढुङ्गा खानि र उद्योग प्रभावित क्षेत्रका स्थानियलाई उद्योगमा सेयर लगानि लगाउन दिने भएको छ । वर्षौ देखि उद्योगलाई साथ सहयोग गरेको र विभिन्न समस्याहरु झेल्दै स्थानियले उद्योगमैत्री वातावरण तयार पारेको भन्दै खानि तथा प्रभावित क्षेत्रका नागरिकलाई प्राथमिकता राखी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडमा सेयर छुट्टाईने उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदिले जानकारी दिनुभयो ।

उद्योगले सिमेन्ट उद्योगको चुनढुङ्गा खानि क्षेत्र दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ४ का स्थानिय , उद्योग रहेको स्थान र प्रभावित क्षेत्र दाङको घोराही उपमहानगरपालिका वडा नम्वर १, २, ३, ४, १४, १७, १८ र १९ का स्थानिय नागरिक र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्वर ३ र ४ का नागरिकलाई सेयर छुट्टाएर सेयर विक्री गरिने उद्योगका जनसंपर्क अधिकारी सुवेदिले जानकारी दिनुभयो । जनसंपर्क अधिकारी सुवेदिले उद्योग सधैँ नागरिक प्रति उत्तरदायी रहेको हुँदा नागरिकलाई उद्योगमा लगानीको अवसर जुटाएको बताउनुभयो ।

उहाँका अनुसार उद्योगले ७९ लाख ४३ हजार कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक गर्न लागेको छ । तर अहिले तोकिएका क्षेत्रका नागरिकका लागि कति कित्ता सेयर दिने भन्ने बारेमा केहिदिनमा पक्का हुने सुवेदीले जानकारी दिनुभयो । स्थानियका लागि विक्रिहुने सेयर के कसरी सेयर खरिद गर्ने भन्ने विषयमा सम्वन्धित क्षेत्रको वडा कार्यालय तथा सार्वजनिक क्षेत्रमा सार्वजनिक सूचना टाँसगरी जानकारी गराईने जनसंपर्क अधिकारी अमर सुवेदिले जानकारी दिनुभयो ।

Europass CV in Nepal

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले सेयर निष्कासन प्रक्रियासमेत अगाडि बढाएको छ। कम्पनीले सेयर निष्कासनका लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हिमालयनका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्टका मनीषनारायण जोशी र घोराही सिमेन्टका सञ्चालक आदित्य संघाईले हस्ताक्षर गर्नुभएको छ ।

घोराही सिमेन्ट उद्योगले २०६४ सालमा दर्ता भई २०६९ देखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरेर व्यवसायिक उत्पादन थालेको हो । घोराही सिमेन्टले हाल दाङको बंगलाचुली गाउँपालिका र रोल्पाको त्रिवेणी गाउँपालिकाबाट उद्योगको कच्चापदार्थ चुनढुङ्गा उत्खनन गरिरहेको छ ।

उद्योगले नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको जनसंपर्क अधिकारी अमर सुवेदिले जानकारी दिनुभयो।घोराही सिमेन्ट क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको दोस्रो ठूलो उद्योग हो।