मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कृत्रिम झर्ना बनाउन सांसद विकास कोषको १० लाख खर्च!

Himali Patrika 1 मिनेट पढाइ

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर ३ भोताङमा कृतिम झरना बनाइएको छ। छिम्ति भिरमा आइतबारदेखि यो झरना सञ्चालनमा ल्याइएको हो। यो झरनाको नाम ड्रगान झरना राखिएको छ। पाँचपोखरी गाउँपालिकाभित्र थप एक पर्यटकीय केन्द्र बनाउन कृत्रिम झरना बनाइएको बताइएको छ।

यो झरना सञ्चालनमा ल्याउन सांसद विकास कोषको पैसा खर्च गरिएको छ।नेकपा एमालेका सांसद शेरबहादुर तामाङका तर्फबाट सांसद विकास कोषको दश लाख रूपैयाँ यो कृत्रिम झरना निर्माणमा खर्च भएको छ।

झरना बनाउन सांसद विकास कोषसहित अन्य सहयोगसमेत लगानी गरिएको छ। वडाअध्यक्ष ङिमा छिरिङ तामाङले सांसद विकास कोष र अन्य सहयोग जुटाएर कृत्रिम झरना बनाई सञ्चालनमा ल्याइएको जानकारी दिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।