मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

महिनामा १ दिन विद्युतीय रिक्सा चढेर इन्धन खपत कम गर्ने नेपालगञ्जका मेयरकाे लक्ष्य !

Himali Patrika 1 मिनेट पढाइ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आइतवार नेपालगञ्ज विमानस्थलबाट अटाे रिक्सामा कार्यालय फर्किनुभयाे । उपमहानगरको कार्यालयबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट उहाँ विद्युतीय अटो रिक्सामा फर्कनुभएकाे हाे ।

इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले मेयर विष्ट आज विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न ठाउँमा पुग्नुभयो । एक दिन भए पनि इन्धन खर्च कम गर्ने उद्देश्यले हरेक महिनाकाे १ गते अत्यावश्यकबाहेक इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग नगर्न उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

नेपालगञ्जको वार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने गाडीकाे प्रयाेग गर्ने छैनन् भनेर उल्लेख छ । नगर सभाको निर्णयकाे कार्यान्वयन गर्न मेयर विष्ट आज १ गते विद्युतीय अटाे रिक्सामा चढ्नुभएकाे हाे ।

महिनामा १ दिन भए पनि अत्यावश्यकबाहेक गाडीकाे प्रयोग नगर्ने हो भने पनि इन्धन खपत कम गर्न सकिने भन्दै मेयर विष्टले याे निर्णयमा साथ दिन उपमहानगरवासीसँग आग्रह गर्नुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।