मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पानी पार्न जनप्रतिनिधिलाई ‘बाँधेर’ पूजा !

Himali Patrika 1 मिनेट पढाइ

पश्चिम नवलपरासी । खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् ।

लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित जनप्रतिनिधिलाई बाँधेर पूजा गर्ने र पानी छ्याप्ने गरेको स्थानीय सुशान्त घिमिरेले बताए ।

गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार पूजा गरिएको अध्यक्ष चौधरीले बताए । ‘अहिले गाउँभरि यस्तै पूजा भइरहेको छ । गाउँका भद्र भलादमीको हात बाँधेर पूजा गर्ने, पानी र हिलो छ्याप्ने गरिन्छ,’ उनले भने,‘धार्मिक मान्यताअनुसार यसो गरिएको हो ।’

सरावलबाहेक जिल्लाका अन्य स्थानमा पनि क्षमापूजा गरिएको छ । जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।