मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ।

चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ।यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको भनिदै आएको छ । र, आजपछि सन २६६९ फेब्रुअरी ८ मा यस्तै लामो चन्द्रग्रहण लाग्ने बताइएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।