मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बाबुराम भट्टराईको घोषणा

Himali Patrika 1 मिनेट पढाइ

जनता समाजवादी पार्टीले कारबाही गरेका सांसद बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन्। मंगलबार साँझ सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताए।

मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि धेरै उनी फेरि माओवादीमा फर्किन लागेका हुन् कि भन्ने अनुमान गरेका थिए।

‘म अब कम्युनिष्ट पार्टीमा जान्नँ,’ भट्टराईले भने,‘मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो। त्यही शिलशिलामा आज प्रचण्डजीसँग कुरा भएको हो। सामान्य छलफल भयो।’

समाजवादी केन्द्र बनाउन आफूले प्रस्ताव गरेको र प्रचण्डले चुनाव पनि आउँदैछ के गर्ने भनेको उनले बताए। ‘उहाँहरू कम्युनिष्ट पार्टी छोड्न तयार हुनुहुन्न,’ भट्टराईले भने।

समाजवादी केन्द्र बनाउनेबारे आफूले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, वामदेव गौतमसँग पनि कुरा गरेको भट्टराईले बताए। ‘म सबैसँग छलफलकै क्रममा छु,’ उनले भने।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।