मुख्य सामग्रीमा जानुहोस्
Sunday, 11 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सीसीटीभी फुटेज रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज ‘रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्युरोको विज्ञको सुझावका आधारमा अर्थ मन्त्रालयले उपलब्ध गराएको सिस्टमलाई ल्याबमा पठाउने निर्णय समितिले गरेको हो ।

बुधबार सबै सिस्टम ल्याबमा पठाइने छ । विशेष समिति सचिव सुरेन्द्र अर्यालले विज्ञसँगको परामर्शका आधारमा डिभाइस ल्याब पठाउने निर्णय भएको बताए ।

अर्यालले भने, “फुटेज डिलिट भइसकेको अवस्थामा के गर्न सकिन्छ भनेर हामीले आईओई र साइबर ब्युरोका विज्ञसँग परामर्श गरेका थियौँ, उहाँहरूको सुझाव फरेन्सिक ल्याब पठाऊ भन्ने भयो ।

याे खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।