लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छः हर्क साम्पाङ

लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छः हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्ने बताएका छन् ।

उनले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ गर्दा विश्वास देखिने उनले बताएका छन् ।

पछिल्लो समय लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्तामा घुसपेट हुने गरेको आरोप लाग्दै आएको छ । हर्क साम्पाङले समसामयिक विषयमा आफ्नो विचार सामाजिक सञ्जाल फेसबुक मार्फत राख्दै आएका छन् ।