दाहालकी नातिनी स्मिताले लन्डनको विश्वविद्यालयबाट गरिन् मास्टर्स पास

दाहालकी नातिनी स्मिताले लन्डनको विश्वविद्यालयबाट गरिन् मास्टर्स पास

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहालले स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा उनले उच्च अंकका साथ मास्टर्स पास गरेकी हुन्।

उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्। त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन्। नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिता लन्डनमा भने पढाइमै केन्द्रित थिइन्।

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन्। डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले उल्लेख गरेकी छन्।

Europass CV in Nepal

स्मिता दाहालकी कान्छी छोरी गंगा दाहालकी कान्छी छोरी हुन्। उनी बाल्यकालबाटै संगीतमा सक्रिय छिन्। ११ वर्षको उमेरमा स्मिताले राष्ट्रिय सभागृहमा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन्। स्मिताले गाएको ‘मायालु तिमी कता छौ’ बोलको गीत सर्वाधिक चर्चित छ।