मुख्य सामग्रीमा जानुहोस्
Saturday, 19 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रदेश १ को नाम किरात राख्न माग गर्दै दिक्तेलमा प्रदर्शन

Himali Patrika 1 मिनेट पढाइ

खोटाङ । प्रदेश १ को नाम किरात हुनु पर्ने माग गर्दै दिक्तेल बजारमा शुक्रबार प्रदर्शन गरिएको छ । पहिचानको आधारमा किरात नाम राख्दा उपयुक्त हुने भन्दै किरात राई यायोक्खाले प्रदर्शन गरेको हो । दिक्तेलको किरातचोकबाट सुरु प्रदर्शन हाटडाँडा हुँदै भवनगैह्रा पुगेर टुंगिएको थियो । प्रदर्शनका क्रममा विभिन्न ठाउँमा कोणसभा गरिएको थियो ।

हाटडाडाँमा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्‌का अध्यक्ष फूर्बा शेर्पा, त्रिवेणीमा भएको कोणसभालाई केके राई, पुरानो बेस क्याम्पमा किरात खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जयकुमार राई, भवन गैह्रामा भएको कोणसभालाई सामाजिक अभियन्ता पर्खनबहादुर राई र किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिमराम राईले सम्बोधन गरेका थिए ।

वक्ताहरुले किरात भन्ने शब्द जाति नभई सभ्यता भएकाले यसै आधारमा प्रदेशको नाम पनि किरात राखिनु पर्ने माग गरे ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।