भारतमा ६ करोड ४० लाखमा बिक्यो ‘प्रेम गीत ३’, हिन्दि, तमिल र तेलुगू भाषामा तयार

भारतमा ६ करोड ४० लाखमा बिक्यो ‘प्रेम गीत ३’, हिन्दि, तमिल र तेलुगू भाषामा तयार

२०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो फिल्म ‘प्रेम गीत ३’ । निर्माण टिमले फिल्मको रिलिजलाई मध्यनजर गर्दै टिजर र गीत पनि सार्वजनिक गरिसकेको थियो ।

तर, कोरोनाका कारण सरकारले चैत ६ गतेबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मको रिलिज स्थगन भयो । त्यसपछि निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको छैन ।

लकडाउनकै समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने सोच बनाए । भारतका हलहरुमा फिल्म रिलिज गर्न उनले त्यहीँको भाषामा प्रख्यात डबिङ आर्टिस्टलाई लिएर फिल्मको डबिङ गरे । करीब एक वर्ष लामो मिहिनेत र दौडधुपपछि ‘प्रेमगीत ३’ हिन्दी भाषामा तयार भएको छ । साथै, फिल्मको भारतीय थिएटर (हल) राइट्स पनि बिक्री भएको छ ।

Europass CV in Nepal

भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले फिल्मको थिएटर राइट्स चार करोड आइसीमा खरिद गरेको निर्माता सेनले जानकारी दिए । यो एमजी बापतको रकम हो । फिल्मले भारतमा चार करोडभन्दा बढीको व्यापार गरेमा कम्पनीले ७० प्रतिशत लिएर निर्माता सेनलाई ३० प्रतिशत रकम उपलब्ध गराउनेछ । भारतका हलमा रिलिजका लागि फिल्मको नाम ‘संघार’ राखिएको सेनले जानकारी दिए ।

भारतीय थिएटर राइट्सबाट प्राप्त रकमले फिल्मको लगानी सुरक्षित भएको उनी बताउँछन् । उनका अनुसार, भारतमा फिल्मको डबिङ, सम्पादन लगायतको कार्यमा १ करोड आइसी खर्च भएको छ । यो फिल्म तमिल र तेलुगू भाषामा पनि तयार भइरहेको छ । नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने सोचमा रहेका सन्तोष फिल्मको रिलिजबारे छलफल गर्न केही दिनमा भारत जाँदैछन् ।

Europass CV in Nepal