मुग्लिन–नारायणगढ सडक अन्तर्गत खहरेखोलामा पहिरो

मुग्लिन–नारायणगढ सडक अन्तर्गत खहरेखोलामा पहिरो

चितवन । पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड शनिबार बिहान अवरुद्ध भएको छ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा पहिरो गएपछि दुईतर्फी सडक नै अवरुद्ध भएको हो ।

ढुंगा र माटोसहितको पहिरो पन्छाउन उक्त स्थानमा डोजरको प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो गएको स्थान इलाका प्रहरी कार्यालय मुग्लिनबाट २ किलोमिटर दक्षिणमा पर्छ ।