मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पाकिस्तानी सांसद आशिककोअ श्लील काण्ड संसारभर भाइरल

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । एक पाकिस्तानी महिला सांसदको गोप्य भिडियो सार्वजनिक भएको छ । पञ्जाब प्रान्तकी महिला नेता सानिया आशिकको अश्लील भिडिओ सार्वजनिक भएको हो । उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन् । सानियाले भिडियोबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् ।

लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् । सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको भिडिओ भाइरल भइरहेको आरोप लगाएकी छन्।

त्यसमा देखिएकी महिला सोनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ । विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन् ।

उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्राउ गरेको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।