बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता

बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो।

समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो। ‘समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको छ,’ आयोग स्रोतले भन्यो, ‘पार्टी झन्डा र छाप पनि फेरिएको छ।’

चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ। यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो।खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा केही समय पहिले दर्ता गरेका थिए।

Europass CV in Nepal

जसपा संघीय परिषदबाट हटेपछि बाबुराम नयाँ पार्टी गठनमा जुटेका हुन्। निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन्। बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार नेपाल समाजवादी पार्टी आयोगमा आज दर्ता भइसकेको छ।