मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

दाङमा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको ज्यान गयो

Himali Patrika 1 मिनेट पढाइ

दाङको देउखुरीमा स्कुल बसले किच्दा तीन वर्षिया बालिकाको ज्यान गएको छ।

गढवास्थित न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा सोही स्कुलमा पढ्ने गढवा गाउँपालिका-७ मानपुर उत्तर टोलकी पूजा थापाको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लिएकी बालिकालाई सोही बसको पछाडिको टायरले किचेको थियो।

गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।