माओवादी समर्थित पत्रकारलाई पार्टीको पक्षमा एउटा ‘ट्वीट’ गर्ने जाँगर पनि छैन : प्रचण्ड

माओवादी समर्थित पत्रकारलाई पार्टीको पक्षमा एउटा ‘ट्वीट’ गर्ने जाँगर पनि छैन : प्रचण्ड

काठमाण्डाै ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको जिकिर गर्नुभएकाे छ । आज शुक्रवार प्रेस सेन्टर नेपालकाे केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले माओवादी समर्थित पत्रकारहरूलाई पार्टीको पक्षमा एउटा ट्वीट गर्ने जाँगर पनि नभएको टिप्पणी गर्नुभयो । उहाँले देशमा अहिलेसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुई वटा सरकार मात्र भएको दाबी पनि गर्नुभयो ।

अध्यक्ष दाहालले वर्तमान सत्तारूढ गठबन्धन प्रदेश र सङ्घको चुनावसम्म कायम रहने बताउनुभयो । उहाँले गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभयो । गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने र नयाँ परिस्थिति बनाउने उहाँको भनाइ छ ।