मुख्य सामग्रीमा जानुहोस्
Monday, 28 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउछ : प्रधानमन्त्री देउवा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन् । शुक्रबार काठमाडौंस्थित पतञ्जली योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जली नेपाल टीभी, आस्था नेपाल टीभी र पतञ्जली सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आयुर्वेद औषधिका उत्पादनका लागि पतञ्जलीलाई जग्गा उपलव्ध गराउने बताएका हुन् ।

त्यस्तै उनले विश्वभरि नै स्वास्थ्यका लागि सबैभन्दा उत्तम योग नै रहेको जिकिर गर्दै बारम्बार नेपाल आउनका लागि पनि रामदेवलाई आग्रह गरे । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले समाजलाई निरोगितातर्फ लैजाने अभियानको सुरुवात रामदेवले गरेको बताए । नेपालको विकासमा पतञ्जलीको योगदान महत्वपूर्ण रहेको उनले बताए ।

नेपालमा रहेका अमूल्य जटीबुटीको प्रशोधन गर्दै उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने उनले भने । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले योग साधनाको बेग्लै महत्व रहेको धारणा राखे ।

कार्यक्रममा भारतीय योगगुरु रामदेवले नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको धारणा राखे । नेपालको आर्थिक र सामाजिक बिषयमा पूर्ण सहयोग रहने उनले बताए । उनले भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको उल्लेख गरे ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।