प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षमा दाङका अजयदीप शर्मा चयन

प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षमा दाङका अजयदीप शर्मा चयन

१४ साउन, दाङ।  प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्षमा दाङका पत्रकार अजयदीप शर्मालाई सर्वसम्मत रुपमा चयन हुनु भएको छ  । शनिबार भएको केन्द्रीय कमिटीको बैठकले शर्मालाई उपाध्यक्ष पदमा चयन गरेको हो ।

बैठकले अनुशासन आयोगको अध्यक्षमा  दाङकै अर्का पत्रकार नरेन्द्र केसी र कोषाध्यक्षमा डिल्ली मल्ललाई चयन गरेको छ । त्यस्तै, संगठनको केन्द्रीय सदस्यमा दाङकी लक्ष्मी आचार्य र गणेश वली चयन हुनुभएको छ।

यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटामात्र चयन गरेको थियो । पदाधिकारी टुंगो लागेको थिएन ।

क्रमश: उपाध्यक्ष अजयदीप शर्मा,  अनुशासन आयोगका अध्यक्ष नरेन्द्र केसी,  र कोषाध्यक्ष डिल्ली मल्ल

 

१४ औं महाधिवेशन भएको आठ महिनापछि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हिजो (शुक्रबार)देखि जारी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले ६१ सदस्यीय पदाधिकारी चयन गरेको हो ।
संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन्  भने  १९ जना उपाध्यक्ष, २७ जना सचिव र १० जना उपमहासचिव पनि चयन भएका छन् ।
दाधिकारी सूची