मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 11 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

जनार्दन शर्मालाई अर्थ मन्त्रालय फर्काउने नफर्काउनेबारे छलफल गर्दै माओवादी

Himali Patrika 1 मिनेट पढाइ

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।आजको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई अर्थ मन्त्रालयमा फर्काउने कि नफर्काउने भन्नेबारे पनि छलफल हुनेछ।

संसदीय विशेष छानबिन समितिले बजेटमा करको दर हेरफेरमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएकाले माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रूपमा पठाउने कि अर्को व्यक्तिलाई पठाउने भन्ने निर्णय गर्न सक्ने सम्भावना छ।

गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका तालिका हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरू सारिएको थियो।

प्रवक्ता महराका अनुसार मधेश प्रदेशमा साउन २९ मा तोकिएको बैठको भदौ २ मा हुने भएको छ। यस्तै लुम्बिनी प्रदेशको साउन २६ का लागि निर्धारित बैठक भदौ १ मा र कर्णाली प्रदेशको बैठक भदौ २९ मा हुनेछ। यस्तै, सुदूरपश्चिम प्रदेशको बैठक भदौ ४ मा बस्ने उनले बताए। सम्पर्क मञ्चको बैठक भने भदौ ८ मा बस्ने तय भएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।